प्रथम उपराष्ट्रपति द्वारा बरिष्ट समाजसेवी सुमित्रा बस्नेत सम्मानित

काठमाडौँ । बरिष्ट बित्तियकर्मि तथा सामाजिक अभियन्ता सुमित्रा बस्नेत “राष्ट्रिय आदर्श नारि सम्मान”(२०७६) बाट सम्मानित भएकी छिन ।

११० औं अन्तराष्ट्रिय महिला दिबसको अवसर पारेर बिगत दुइ दशक देखि अत्यन्तै निष्ठा र समर्पणको साथ आर्थिक, ब्यबसायिक तथा सामाजिक क्षेत्रमा सक्रियतापुर्बक लागि नेपालि नगारिक समाजमा आफुलाई निष्ठापुर्बक समर्पित गर्दै आएको र आफु संलग्न क्षेत्रको माध्यम मार्फत मुलुकको आर्थिक बिकाश, सामाजिक सेवा र नागरिक सेवमा निरन्तर पबित्र सेवाभाबले कार्य गर्दै आएको र सेवा मुलक ब्यबसाय, सामाजिक क्षेत्रमा सक्रिय भई महिला ससक्तिकरण, शिक्षा, स्वास्थ्य, रोजगार र विभिन्न सेवामुलक सामाजिक संघ सस्था मार्फत राष्ट्र र समाजको लागि पुर्याएको निरन्तर योगादन स्वरुप बस्नेतलाई राष्ट्रिय प्रेस क्लब नेपालले उनको कार्यलाई उच्च मुल्यांकन गर्दै सुमित्रा बस्नेतलाई प्रथम उपराष्ट्रपति महामहिम सम्माननिय परमानन्द झाको बाहुलीबाट “राष्ट्रिय आदर्श नारि सम्मान”( २०७६) बाट सम्मानित गरेको हो । उक्त सम्मान कार्यक्रममा गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति महामहिम सम्माननिय परमानन्द झाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

सामाजिक, आर्थिक, तथा महिला ससक्तिकरण मार्फत राष्ट्रप्रति उत्तरदायित्व बहन गर्दै समाजमा पुर्याएको बिशिस्ट योगदान स्वरुप बरिष्ट समाजसेवी सुमित्रा बस्नेत विभिन्न दर्जनौ राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मानबाट सम्मानित भईसकेकी छिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *