अभिनेत्री बर्षा राउतको हातमा फिल्म भयो शुन्य

काठमाडौ । अभिनेत्री बर्षा राउतका दुइ फिल्म हिट भएपछि फिल्ममा काम गरेकी छैनन् । उनले अहिले कुनै फिल्ममा साइन गरेकी पनि छैनन् । मह सञ्चारको फिल्म ‘दाल भात तरकारी’ र प्रदीप भट्टराई निर्देशित फिल्म ‘जात्रै जात्रा’ दुबै हिट भए पछि उनले अर्को फिल्ममा अभिनयका लागि हतार गरेकी छैनन् ।


‘गोपी’ र ‘चौका दाउ’ को असफलताले हच्किएकी वर्षा ‘जात्रै जात्रा’ले उकास्न सक्यो । फिल्ममा काम नगरे पनि म्युजिक भिडियोमा भने काम गरिरहेकी छन् । वर्षा फेरि हिट फिल्मको ‘ग्यारेन्टी’ गर्ने मेकरको खोजीमा रहेकी छन् । राम्रो स्क्रिप्टको खोजीमा रहेकी उनलाई अहिले फिल्म गर्ने नगर्नेमा दोधारमा रहेकी छन् । फिल्म भन्दा पनि म्युजिक भिडियोमा राम्रो दाम हुने भएकाले पनि म्युजिक भिडियोमा जमेकी हुन् की भन्ने धेरैलाई लागेको छ । नाम त कमि हाल्यो नी दाम त कमाउनै पर्यो ,नी हैन र बर्षा ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *