आईआईएफटीका ७५ जना प्रशिक्षार्थीहरुले आफैले डिजाईन गरेको पहिरनमा र्याम्पमा हिड्दा

काठमाडौँ । काठमाडौंको बागबजार र ललितपुरको कुमारी पार्टीमा रहेको ‘ इन्टरनेसनल इन्टिच्युट अफ फेसन एन्ड टेक्नोलोजी’का करिब ७५ जना प्रशिक्षार्थी डिजाईनरहरुले आफैले डिजाईन गरेको पहिरनमा आज र्याम्पमा उत्रेका छन् ।

आयोजक सँस्था इन्टरनेसनल इन्टिच्युट अफ फेसन एन्ड टेक्नोलोजीले दोश्रो संस्करणको ‘ड्रेस टु इम्प्रेसन–२’ फेसन डिजाईन प्रतियोगिता काठमाडौंको बालुवाटार स्थित अम्रपाली पार्टी प्यालेसमा आयोजना भएको हो ।

यो प्रतियोगितामा ७५ जना फेशन डिजाईनरहरु आफैंले तयार गरेका पहिरनमा र्याम्पमा उत्रने हुन् । ६ महिना यताबाट फेसन डिजाईन पढीरहेका विधार्थीहरुले यो प्रतियोगितामा सहभागिता जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *