गायक शेखर लामाको “सोल्मारी” सार्बजनिक

काठमाडौँ । चर्चित गायक शेखर लामाको सोल्मारी गीतको म्युजिक भिडियो नेपाली सांगीतीक बजारमा यातिबेला चर्चामा छ । जनक थोकरले लेखनमा धन दोङ्ग तामाङ्गको संगीत रहेको सोल्मारी हैन देखेर मैच्याङ्गलाई बालकृष्ण स्वेचार्यले संगीत संयोजन गरेका छन् ।

सोल्मारी हैन देखेर मैच्याङ्ग यो ज्यान भयो फिलीली बोलको यो सेलो पप गीत अत्यन्तै रमाइलो र एउटा प्रेम कथा बोकेको गीत रहेको छ। यस गीतको म्युजिक भिडियो पनि गीत जस्तै प्रेमील बनेको छ ।

गीतले बोले जस्तै यो गीतको म्युजिक भिडियोमा तामङ्ग मैच्याङ्ग र गुरुङ सोल्टी बिचको प्रेम सम्बन्धलाइ देखाउन खोजिएको छ ।  म्युजिक भिडियोमा मैच्याङ्ग हिस्सी तामाङ्ग र सोल्टी आनन्द गुरुङको बेजोड अभिनय देख्न सकिन्छ ।

म्युजिक भिडियोलाई नबिनबाबु गुरुङले निर्देशन तथा छायांकन गरेका छन् भने जस्मिन मगरको कोरियोग्राफी रहेको छ । सप्तक संगीत नामक युट्युब च्यानल बाट सार्वजनिक सोल्मारीलाई सर्वाजानिकरणको केहि दिनमै हज्जारौ दर्शक स्रोताले मनपराइ सकेको देख्न सकिन्छ।

गायक लामाको यस अघि छुर्पी मिठो फुन्गलिंङ्गको , केहि नबोली छेउमै आई, बिर्सेहोला जस्तो लाग्थ्यो लगायत दर्जनौ गीतसंगीत लोकप्रिय भैसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *