लक्ष्मी निर्मल कोइरालाको “मायाको मिटर” सार्वजनिक

काठमाडौं । लक्ष्मी निर्मल कोइरालाको स्वरमा रहेको गीत ‘मायाको मिटर….’ सार्वजनिक भएको छ । हिमाल सागरको शब्द सङ्गीत र सञ्जय हमालको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

अर्जुन अधिकारीको निर्देशन र सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको गीतको भिडियोमा अञ्जली अधिकारी र निराजन प्रधानलाई फिचरिङ गरिएको छ । उत्सव दाहालको छायाँकन, विकास धमलाको सम्पादन रहेको भिडियोमा महेश्वरमान राजभण्डारीको मिक्सिङ माष्टरिङ रहेको छ ।

गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै राम्रो बनेको छ । ‘हामीले एउटा राम्रो गीतको भिडियो स्रोता÷दर्शकमाझ ल्याएका छौ आशा छ दर्शक÷स्रोताले मन पराईदिनुहुने छ’, कोइरालाले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *