सोभितको ‘कुलखानदान’ को ट्रेलर सार्वजनीक

 

काठमाडौ । निर्देशक सोभित बस्नेतको पारिवारिक टेलिसिरियल ‘कुलखानदान’ को ट्रेलर सार्वजनीक भएको छ । रमाइलो टिभीको प्रस्तुति रहेको सिरियल दशैदेखि प्रशारणहुने निर्देशक बस्नेतले जानकारी दिएकाछन् ।

पारिवारिक जीवनको आरोह अबरोह प्रस्तुतगरिने ‘कुलखानदान’मा नीर शाह,सपना श्रेष्ठ,उत्तम  केसी, रोहित रुम्वा, बिशाल पहाडी, शुभेच्छा थापा,अस्मिता जुरेली,संगम भण्डारी लगायत नवअभिनेत्री काब्या कार्की र बालकलाकार एन्जिल रोकाय प्रमुख भूमिकामा छन् ।

सलिना बस्नेत कार्यकारी निर्माता रहेको  सिरियल राहुल राईले खिचेका हुन् । रामकाजी  घिमीरेले लेखेको सिरियल बन्दे प्रसादले सम्पादन गरेका छन् । टेलिसिरियल भएतापनि ‘कुलखानदान’लाई फिल्मी भब्यता दिइएको निर्देशक बस्नेतको दावी छ । झण्डै साढे दुई दर्जन फिचर फिल्म निर्देशन गरिसकेका निर्देशक बस्नेत ‘कुलखानदान’ ले दर्शकमाझ नौलो छाप छोड्नेमाआशावादी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *