नबिन बाबुको निर्देशनमा सन्तोषको “फेरी फेरी”मा रेखा लिम्बु

काठमाडौँ । फोटो पत्रकारिता संगै म्युजिक भिडियो निर्माणमा उदाएका नबिनबाबु गुरुङको निर्देशन तथा छायाँकनमा नेपाली सांगीतिक बजारमा एक म्युजिक भिडियो सार्वजनिक भएको छ। गायक सन्तोष लामाको स्वर संगीत र डीबी मोक्तानको शब्द रहेको “फेरी फेरी” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो।

यस गीतको म्युजिक भिडियोमा गायक लामाको उत्कृष्ट अभिनय समेत देख्न सकिन्छ। गायकलाइ गीत गाउन लागाएर लिप्सीङ्गमात्र भन्दा एउटा कथामा अभिनयनै गराउँ अनि गीतको मर्म पनि उठाउँ भन्ने हेतुले गायक लामालाई आफुले अभिनय गराएको नबिनले बताए।

गायक लामासंगै यस गीतको म्युजिक भिडियोमा रेखा लिम्बु र गौरव मोक्तानको अभिनय पनि उत्कृष्ट देखिन्छ। म्युजिक भिडियो गायक सन्तोषलामाको अधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *