नेवास् नखसको न्युयोर्कमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौँ । नेवास् नखस् न्युयोर्कको आयोजनामा, सकारात्मक सोच अभियानकर्ता श्री कर्ण साक्य संगको अन्तरक्रिया कार्यक्रम २०१९ जुन ३० तारिकका दिन सम्पन्न गरेको छ । उक्त कार्यक्रममा न्युयोर्क र न्यूजर्सी लगाएत अन्य शहरका नेपाली अमेरिकन बुध्दिजीबी, समाजसेवी, पत्रकार, बिभिन्न संघ(संस्थाका प्रतिनिधीहरू तथा अन्य महिला तथा सज्जनबृन्दहरूको उपस्थिति थियो ।

नखस्का महासचिव डा. नरेश शाक्यले संचालन गर्नु भएको उक्त कार्यक्रममा प्रमुख अतिथि श्री कर्ण साक्य ज्युले सकारात्मक सोच किन र सकारात्मक सोचले के कसरी ब्यक्ति, समुदाय तथा राष्ट्रको बिकास मा सहयोग पुर्याउदछ भन्नु हुदै आफुले सकारात्मक सोचको अभ्यास अनुरूप आफ्नो निजी जीबन, समुदाय तथा राष्ट्रलाई के कस्तो सेवा र टेवा पुर्यायो भन्ने चर्चा गर्नु भो । उहाँले सकारात्मक सोच अभियान लाई विश्वब्यापी रूपमा अगाडी बढाउदै लैजाने सोचका साथ अमेरीकामा पनि सकारात्मक सोच समूह गठन गर्न पहिलो पटक यसै कार्यक्रमबाट स्रोताहरूलाई आग्रह पनि गर्नु भयो ।साथै आफु “कर्ण सकारात्मक कोश”९कसको० अभियानमा लागेको बताउनु भयो ।

अन्तर क्रिया कार्यक्रम मा युबा लेखक श्री राजन थपलिया, सम्प्प्रेषण का श्री शैलेस श्रेष्ठ, श्रेडियो जर्नलिस्ट श्री हरी लामीछाने, सामाजिक अभियन्ता श्री सुर्य लम्साल, बुध्दिजीबीहरू डा. कमल पाण्डे, डा. गोबिन्द कोईराला, आनन्द श्रेष्ठ, फिप्ना महिला संघका अध्यक्ष श्री संगिनी रानामगर, श्री बिशाल बिक्रम शाह, श्री बिष्णु सिं बैजु , श्री रविन बज्राचार्य , श्रीमति श्रुति अमात्य ९प्रधान० तथा अन्य महानुभाव हरूले प्रश्नहरु राख्नु भयो ।

नखस्का अध्यक्ष श्री बिष्णुमान प्रधानको सभापतित्वमा भएको उक्त कार्यक्रममा नखस्का उपाध्यक्ष श्री महेन्द्र वीर बज्राचार्यले प्रमुख अतिथि तथा उपस्थित सहभागीहरूको स्वागत गर्नु भएको थियो। नखस्का सल्लाहकार श्री अजय छोचूंले प्रमुख अतिथि श्री कर्ण साक्यको परिचय दिनु भएको थियो। कार्यक्रममा नेपाल वाणिज्य दुत श्री कृशु क्षेत्रीले मन्तब्यमाुसोच पुस्तक बाट आफु निकै प्रभावित भएको बताउनु भयो।

कार्यक्रमका सभापति श्री बिष्णुमान प्रधानले उक्त कार्यक्रम मा उपस्थित हुनुभएका प्रमुख अतिथी, सकारात्मक सोचका अभियान कर्ता श्री कर्ण साक्यज्यू, बिशेष अतिथी नेपाली बाणिज्य दुतावासका बाणिज्य दुत श्री कृष्ण कुमार सुबेदीज्यू लगाएत सम्पूर्ण सहभागी अतिथीहरू, बुध्दिजीबीहरू,समाजसेवीहरू, पत्रकारहरू, बिभिन्न संघ(संस्थाका प्रतिनिधीहरू, सहयोगीहरू, स्वयमसेवीहरू, नखस्का सम्पूर्ण सदस्यहरू तथा कार्य समितीका सदस्य तथा सल्लाहाकारहरू सबै लाई धन्यबाद दिंदै आफु सकारात्मक सोच कार्यक्रम बाट निकै प्रभावित भई आजै देखी सबैले सकारात्मक सोच लिएर अगाडी बढौं भनेर अनुरोध गर्नु भयो।

कार्यक्रममा सकारात्मक सोचका अभियान कर्ता श्री कर्ण साक्यको नयां पुस्तक ुकोशु को बिमोचन नखस्का अध्यक्ष बिष्णुमान प्रधान तथा संस्थापक अध्यक्ष तथा सल्लाहकार श्री बीरेन्द्र प्रधानले गर्नु भयो ।

प्रमुख अतिथिलाई कर्ण साक्यज्यू लाई नखस्का अध्यक्ष श्री बिष्णुमान प्रधान द्वारा खादा लगाई, सचिब श्रीमति संगीता मुखिया छोचूं द्वारा फूलको गुच्छा दिइ शुरू गरिएको कार्यक्रम भब्यताका साथ सकारात्मक बाताबरणमा सम्पन्न भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *